Ron Music
School Of Worship
रन् म्यूजिक आराधना पाठशाला मण्डलीमा आराधना सेवाकाईको बोलावट पाएका आराधना अगुवाहरुलाई तालिम दिन समर्पित छन्। ताकि आराधना मण्डलीको चार देवल देखि बाहिरका बग्दै सारा राष्ट्रहरूमा पुग्न् सकून्।
दर्शन:
हरेक जाती, भाषा, कुल र सबै राष्ट्रहरुले सृष्टिकर्ता परमेश्वरको सेवा अनि आराधना गरेको हेर्न चाहन्छौं। विशेष गरी पहिलो हिमाली क्षेत्रमा दोस्रो भारतको महाद्वीपमा र सारा विश्वभरमा।
मिशन:
सृष्टिकर्ता परमेश्वरलाई आराधना गर्नु, ख्रीष्टको दुलहीलाई तालिम दिन र सुसज्जित पार्न अनि उहाँको निम्ति प्रशस्त आराधकहरु जित्न नयाँ आराधना अगुवाहरु आराधना सेवाकाईको निम्ति तालिम दिन हो।
सिकाइने विषयहरू:
क) बुनियादी विषयहरू
१) दैनिक उपासना २) बाइबल अध्ययन कसरी गर्ने? ३) परमेश्वरको आवाजलाई कसरी सुन्नु? ४) आराधना अगुवाको चरित्र निर्माण ५) आधा सेवाकाईमा पवित्र आत्मा को भुमिका।
ख) आराधनाको हृदय:
१) बचनबाट प्रशंसा आराधनाको गहिरो अध्ययन् २) आराधकको हृदय अनि आराधना अगुवाको सेवाकाईको तयारी।
ग) प्रसंशा आराधनाको सेवाकाई
१) अन्तर बिन्ती सूचक आराधना के हो? २) अगमबाणी सूचक आराधना के हो? ३) सामूहिक आराधना के हो? ४) आराधना अगुवाको काम अनि योग्यता ५) प्रशंसा आराधनाको सेवाकाई बाइबलको दृष्टिकोणबाट।
घ) आराधना सेवाकाईको कामहरु:
यस तालिम अवधि आराधना सेवाकाईमा हुन पर्ने विशेष कामहरू बारे गहिरो अध्ययन जस्तै – १) आराधना दल २) आराधना गित लेखन ३) संगीत अनि यसको महत्व आराधनामा ४) नृत्य र यसको महत्व आराधनामा ५) ध्वनि प्रबन्ध
ङ) जातीय आराधना
च) आराधना र मिशन
कसले भाग लिन सकिन्छ?
भाग लिन चाहने हरेक व्यक्तिको उमेर १६ देखि ४० वर्ष सम्म हुन पर्नेछ। नयाँ जन्म अनुभव गरेको परमेश्वरको सेवाकाईको निम्ति अभिरुचि भएको। स्थानीय मण्डली या मण्डलीको कुनै पनि संगतिहरुमा निरन्तर रूपले आराधना अगुवाई गर्दै गरेको हुन पर्नेछ। मण्डलीको पाष्टर/ अगुवाजनले सिफारिस गरेको व्यक्तिलाई मात्र मौका प्रदान गरिनेछ।
१) पञ्जिकरण शुल्क:
यस सेवाकाई स्वनिर्भर सेवाकाई भएकोले पाठशाला संचालनको निम्ति गाँस र बासको मात्र प्रति व्यक्ति रू-७०००/- गरि पंजीकरण शुल्क पाठशालाको शुरुको समयमा बुझाउन पर्नेछ। शिक्षा सामग्री पाठशालाबाट उपलब्ध गरिने छ।
तपाईंले बुझाउन पर्ने कागज-पत्रहरु:
१) तपाईंको आराधना सेवकाइको छोटो अनुभव र गवाही २) पाष्टरको प्रसङ्ग र सिफारिस ३) पासपोर्ट साइजको फोटो दुईवटा
ध्यान दिन पर्ने विषयहरु:
स्थान: एफ सी आइ, पेदोंग, फारम बुझाउने अन्तिम तिथि: १०/१२/२०२१
कुनै प्रश्न वा थप जानकारीको निम्ति तल दिइएका नम्बरमा सम्पर्क गर्नुहोला:
Samir Tiruwa – 8016953030 Pranay Khaling – 8116854244
Roshan Rasaily – 9434873510 Benjamin Gurung – 9800416797
